कालेकामीको वेभपेजमा यहाँहरुलाइ हार्दिक स्वागत गर्दछु ।इमेल गर्न सक्नुहुनेछ :- ~K@LE~K@AMi~@yahoo.com
" border="0">
पोखरामा दिनदहाडै हत्या, आक्रोषित र्सवसाधारणले प्रहरी कार्यालयमाथि ढुंगा प्रहार, पोखरा बन्द
पोखरा, १५ जेठ/अपराधिक समुहले दिनदहाडै हत्या गरेको विरोधमा आक्रोषित र्सवसाधारणले मंगलबार दिउसो जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । हत्यारा पक्ता लगाउन दवाव दिन प्रहरी कार्यालय पुगेका र्सवसाधाण उत्तेजित हुदै कार्यालयमाथि ढुंगा बर्साएका थिए ।
ढुंगा प्रहारबाट कार्यालय परिसर वरिपरि केही समय स्थिति तनाव बनेको थियो । ढुंगाको प्रहारबाट भने कोहीपनि घाइते नभएको प्रहरीले जनाएको छ । आक्रोषित र्सवसाधारणको भीडले हत्यारालाई बाहिर निकाल्न आमा समुहले आग्रह गरेका थिए । प्रहरीले भने आमा समुहलाई हिरासतमा लिइएको दर्ुइजनालाई कार्यालय भित्रै लगेर देखाइएको थियो ।
सोही क्रममा बाहिर बसेका अन्य र्सवसाधारणले प्रहरी विरुद्धमा नाराबाजी गरेका थिए । प्रहरी अगाडि बढेपछि भागदौड गरेका र्सवसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन् । केहीबेरको तनावपछि अहिले स्थिति सामान्य रहेको छ ।
सोमबार विहान अपराधिक समुहले पोखरा उपमहानगरपालिका ३ नदीपुरस्थित एक होटलमा पानी पिउदै गरेको अवस्थामा बट्टु भन्ने व्यास घिमिरेको खुकुरी प्रहार गरी हत्या गरेका थिए । अपराधिक समुहलाई प्रहरीले प्रश्रय दिइरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
हत्या गरिदैं छ भन्ने बारे प्रहरीलाई पूर्वजानकारी भएपनि प्रहरीको वेवास्ताले घिमिरेको हत्या भएको स्थानीय बासिन्दाको भनाई छ । नांगो खुकुरी लिएर आइतबार दिनभर जसो नै अपराधिक समुह मोटरसाइकलमा हिडिरहेको खबर वडा प्रहरी कार्यालय बगरलाई जानकारी गराइएको स्थानीयय बासिन्दाले बताएका छन् । पीडितका आफन्तजनका अनुसार हत्या सुनियोजित ढंगले भएको छ ।
घिमिरेको सुभास गुरुङ घैटेंको समुहले हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार व्यक्तिगत रिसइवीका कारण घैटें समुहको समुहले घिमिरेको हत्या गरेको आंशका गरेको छ । एक गिरोहले केही महिना अघिमात्रै सुरक्षा जाचमा बसेका सुरक्षाकर्मीमाथि गोली प्रहारी गरी फरार भएका थिए ।
प्रहरीले हत्याराको मुख्य अभियुक्त पत्ता लगाउन सकेको छैन् । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा घिमिरेका हत्यामा संलग्नको आरोपमा दुइजनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना तिब्बतियन नागरिक र धनबहादुर पूर्जालाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । अन्य हत्यामा संलग्नकर्ताहरुलाई प्रहरीले पत्ता लगाउन सकेको छैन् ।
हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानीय बासिन्दाले बजार बन्द गरेका छन् । र्सवसाधारणले हत्यारा पत्ता लगाउन ढिलासुस्ती गरेको भन्दै सम्पूर्ण बजार बन्द गरेका हुन् । स्थानीयबासिन्दाले सोमबारै हत्यारा पत्ता नलागए पोखरा बन्द गर्ने चेतावनी समेत दिएका थिए । सम्पूर्ण बजार क्षेत्रका पसलहरु बन्द छन् भने र्सार्वजनिक यातायातका साधनहरु ठप्प छन्, बजारक्षेत्रमा केही मोटरसाइकल मात्रै चलेका छन् ।
हत्या बिरोधमा आज पोखरा बन्द
पोखरा / सोमबार विहान दिनदहाडै अपराधिक समुहले हत्या गरेको विरोधमा आक्रोषित र्सवसाधारणले मंगलबार पोखरा बन्द गरेका छन् । सोमबार विहान पोखरा उपमहानगरपालिका नदिपुरस्थित एक होटलमा पानी पिउँदै गरेको अवस्थामा अपराधिक समुहले खुकुरी प्रहार गरी व्यास घिमिरेको हत्या गरेका थिए ।
आक्रोषित स्थानीय बासिन्दाले बजारका सम्पूर्ण पसलहरु बन्द गराउँदै हिडेका छन् भने सवारी साधन पनि चल्न रोक लगाएका छन् । बजारका पसलहरु पूर्णरुपमा बन्द भएका छन् भने सवारी साधन पनि फाटफुट रुपमा चलेका छन् । मंगलबार मध्यान्हसम्म हत्यारा पत्ता नलगाए मंगलबार बजार बन्द गर्ने आक्रोषित स्थानीय बासिन्दाले चेतावनी दिएका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि र्सवसाधारणले त्यसको विरोधमा आज बजार बन्द गरेका हुन् ।
उनीहरुले अपराधिक समुहलाई प्रहरीको प्रश्रय रहेको आरोप लगाउँदै आएका छन् । प्रहरीले सोमबार दुइजनालाई आफनो हिरासतमा लिएको छ । प्रहरीका अनुसार सुभास गुरुङ घैटेंको समुहले घिमिरेको हत्या गरेको हो ।
दुइ दिन भित्रै हत्यारा पक्रने प्रतिबद्धता पछि पोखरा बन्द फिर्ता
हत्याराको खोजी गर्न प्रहरीले ढिलाई गरको भन्दै आब्हान गरिएको पोखरा बन्द फिर्ता भएको छ । प्रहरीले द्इं भित्रमा हत्यारालाई पक्राउ गर्ने प्रतिबद्धता जनाए पछि मृतकका आफन्तले बन्द फिर्ता लिएका हुन ।
बन्द आब्हानकर्ताले हत्यारासंग वडा प्रहरी कार्यालयको मिलेमतो भएको आरोप लगाए पछि जिल्ला प्रहरी कार्यालयले सो वडा प्रहरी कार्यालयकार् इन्चार्ज विनोद घिमिरेलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएको छ । सो वडाकोर् इन्चार्जको जिम्मेबारी प्रहरी नायव निरीक्षक प्रेम थापालाई दिईएको छ ।
हिजो विहान पोखराको नदीपुरमा बट्टु भनिने ब्यास घिमिरेको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न मुख्य अभियुक्त सुबास घैटे सहितका युवाहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै मृतकका आफन्तले शव समेत बुझ्न अस्वीकार गरेका थिए । तर आज दिउसो प्रहरी र मृतकका आफन्त बीच वार्ता भए पछि दुइ दिन भित्रमा हत्यारा पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले बताए पछि आफन्तले शव बुझेका छन् । सहमतिमा दुइ भित्र हत्यारा पक्राउ नगरिएमा दवाव मुलुक कार्यक्रम फेरि आयोजना गर्ने सहमति भएको छ ।